सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

चितवन-२ : कृष्णभक्त पोखरेलको अग्रता, रवि लामिछानेले पाए २५ मत

चितवन- चितवन क्षेत्र नम्बर २ मा हालसम्म ३०० मत गणना भएको छ । हाल इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको छ ।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । पोखरेलले१५० मत पाएका छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ९७ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत पाएका छन् ।