आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना

बैतडी- बैतडीमा प्रहरी बोकेको जीप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो । 

मतपेटिका पुर्‍याएर फर्कँदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।  घटनाको थप विवरण आउन बाँकी छ ।