इक्वेडरको सुखद सुरुवात, आयोजक कतारमाथि २–० को जित

काठमाडौँ - विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे ।
भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती दिलाएका थिए । खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
यो जितसँगै समूह ए को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ । आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया