आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कैलालीमा मतगणना भोलिदेखि

कैलाली- आज भएको निर्वाचनको मतपेटिका ल्याउने क्रम जारी रहेको छ । ५ निर्वाचन क्षेत्र रहेको कैलालीको मतगणना भने भोलिदेखि मात्रै हुने भएको छ । 

मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले अहिले मतदान स्थलमा मतपेटिका ल्याउने क्रम जारी रहेकोले भोलिदेखि मात्रै मतगणना गरिने बताए ।

कैलालीमा ६२ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ । कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता छन् । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।