आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कैलालीमा ५० प्रतिशत मत खस्याे

कैलाली- कैलालीमा अहिलेसम्म ४५ देखि ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालका अनुसार दिउँसो २:३० बजेसम्म कैलालीमा ४५ देखि ५० प्रतिशत मत खसेको हाे ।

कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता छन् । कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।