भीमफदी–कुलेखानी सडक डेढ महिनाको लागि बन्द

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडादेखि संघीय राजधानी काठमाडौँ जाने भीमफेदी–कुलेखानी सडक डेढ महिनाका लागि बन्द गरिएको छ । पिच तथा स्ल्याब ढलान गर्नका लागि शुब्रबारबाट जेठ २५ गतेसम्मका लागि यो सडक बन्द गरिएको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक सहदेव भण्डारीले जानकारी दिए ।
बागमती प्रदेशले भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडक र देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडक फराकिलो पारेर पिच गर्न सुरु गरेको छ । भीमफेदी–कुलेखानी सडक बन्द भएसँगै अब सवारीसाधनहरू पालुङको बाटो हुँदै चल्नेछन् ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया