कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय

काठमाडौँ : कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिने चार जना सांसदलाई एमालेले पदमुक्त गरेको छ ।
बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।
एमालेले पार्टीबाट निष्काशन गरेपछि कर्णालीका चार एमाले सांसदको पद गएको छ । अब उनीहरु सांसदविहिन भएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले भने फ्लोर क्रस गर्ने चारमध्ये तीन जनालाई मन्त्रीमा नियुक्त गरिसकेका छन् ।

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया