सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

साताको अन्तिम कारोबारमा सेयर बजार २५ अंकले सकारात्मक, कारोबार रकममा पनि बढोत्तरी

फाइल तस्वीर

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारमा २५ अंकले बढेको छ । बिहीबार बजार २५.५७ अंकले बढेर साताको बजार बन्द भएको हो । बजार २५ अंकले बढेपछि १९३६.८३ अंकमा उक्लिएको छ। बजार परिसूचक १.३४ प्रतिशतले बढ्दा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.१९ प्रतिशतले बढेर ३८१.०६ मा उक्लिएको छ ।

यस्तै उप-समूहतर्फ १३ ओटै परिसूचकको सेयर मूल्य बढेको छ।  सबैभन्दा धेरै हाइड्रोपावर समूह ३.१४ प्रतिशतले बढेको छ । बजारसँगै आज कारोबार रकमपनि बढेको छ। बिहीबार १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २ सय ८६ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर २७ हजार २ सय ३१ पटकमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको कारोबारमा ८५ करोडको सेयर खरिद बिक्री भएको थियो ।

सिक्लेस हाइड्रो पावर तथा सयपत्रि हाइड्रो पावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ ।  यस्तै बोटलर्स नेपाल, रिदी पावर कम्पनी, पञ्चकन्य माई हाइड्रो लगायतको सेयर उच्च कमाउने कम्पनीमा परेका छन्।

यस्तै बिहीबार उच्च कारोबार गर्ने कम्पनीमा रिदी पावर, शिभम् सिमेन्ट, हिमालयन डिस्टिलरी, फर्वाड माइक्रो फाइनान्स हिमालयन पावर कम्पनी लगायतको सेयर उच्च खरिद बिक्री भएका छन् ।