घट्यो विदेशी लगानीको न्यूनतम सीमा

काठमाडौंँ - सरकारले विदेशी लगानीको न्यूनतम सीमा घटाएको छ । वि.स २०७६ को जेठदेखि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न न्यूनतम सीमा ५ करोड रुपैयाँ राखेको थियो । उक्त सीमालाई घटाउँदै सरकारले प्रति विदेशी लगानीकर्ता न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको हो ।
चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनादर्न शर्माले न्यूनतम सीमा घटाइएको उल्लेख गरेका थिए । बजेटमा नै समावेश गरिएको उक्त विषयलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै न्यूनतम सीमा दुई करोड बनाइएको हो।
नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा तोकिएको सूचनामा उल्लेख छ ।
उक्त न्यूनतम सीमा नेपाल सरकार र गैर आवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत् नेपालमा लगानी गर्न गैर आवासीय नेपाली (प्राकृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने र उक्त इन्भेष्टमेन्ट कम्पनीले इन्भेष्टमेन्ट कम्पनीका सबै शर्तहरु पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया