बंगलादेशको प्रतिव्यक्ति आय २८२४ अमेरिकी डलर

ढाका- बङ्गलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो वर्षको तुलनामा बढेको छ ।
आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक पछिल्लो आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०२०–०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बङ्गलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो ।
प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् २०२१/०२२ मा बङ्गलादेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर ७.२५ प्रतिशत पुगेको छ ।
बङ्गलादेशको तथ्याङ्क विभागले आर्थिक वर्ष २०२१–०२२ मा देशको कूल गार्हस्थ उत्पादन चार खर्ब ६५ अर्ब डलर पुगेको जनाएको छ ।
बङ्गलादेशमा पछिल्लो समय इन्धन अभाब, उर्जा सङ्कट र विश्वव्यापी खाद्यान्न समस्यालगायतका कारण आर्थिक मन्दी बढेको भन्दै यसलाई सम्बोधन गर्न विभिन्न तहमा बहस चलिरहेको छ । (सिन्ह्वा)
किभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

'इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण'

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

प्रतिक्रिया