विश्वकप १९९४: इटालीलाई निराश तुल्याउँदै ब्राजिलले जितेको चौथों विश्वकप
काठमाडौँ- सन् १९९४ को फिफा विश्वकप अमेरिकाको विभिन्न ९ सहरमा आयोजना गरियो । आक्रमक खेललाई प्रोत्साहन गर्न फिफाले केही नियममा परिवर्तनहरू गर्यो । गोलकिपरलाई ब्याक-पास दिन नपाइने भयो भने लाइन्सम्यानहरूलाई अफसाइड नियममा नरम हुन प्रोत्साहित गरियो । साथै समूह चरणको खेल जित्दा तीन अंक दिइने व्यवस्था गरियो ।
व्यावसायिक लिग नभए पनि अमेरिका नकआउट चरणमा प्रवेश गरेको थियो । तर ब्राजिलसँग १-० ले पराजित हुन पुग्यो । अर्कोतर्फ मोरक्को र बेल्जियमलाई पराजित गरेर साउदी अरेबिया पनि नकआउट सम्म पुग्न सफल भयो ।
तर फिफा प्लेयर अफ द इयर अवार्ड तथा बालोन डी’ओर अवार्ड जितेका रोवर्टो बागियो सहितको इटाली तथा स्टार फरवार्ड रोमारियो तथा बेबेटोसहितको ब्राजिल विश्वकपका मुख्य दावेदार रहेका थिए । जबकी क्वार्टरफाइनलमा जर्मनीले बुल्गेरियासँग पराजित हुन पुग्यो ।
इटाली र ब्राजिल फाइनलमा पुगे तथा फाइनल निकै रोमाञ्चक रह्यो । दुवै टिमले निर्धारित समय तथा अतिरिक्त समयमा गोल गर्न असफल रहे । पेनाल्टी सुटआउटमा भने इटालीका बागियोले गोल गर्न नसकेपछि ब्राजिलले चौथों पटक विश्वकपको उपाधि उचाल्यो । तत्काल चार पटक विश्वकप जित्ने ब्राजिल पहिलो टिम बनेको थियो ।
सोही प्रतियोगिता अर्जेन्टिनी स्टार डियगो म्याराडोनाका लागि अन्तिम विश्वकप रह्यो । उक्त विश्वकपमा रुसका ओलेग सालेन्कोले एकै खेलमा ५ गोल गरे । फिफा विश्वकपको एकै खेलमा ५ गोल गर्ने उनी एक्लो खेलाडी हुन् ।
त्यसैगरी, अमेरिका र स्विट्जल्यान्डबीचको खेल दर्शकबिहिन मैदानमा खेलाइएको थियो र बन्द मैदानभित्र खेल भएको पहिलो विश्वकप समेत थियो ।
अर्कोतर्फ म्याराडोना प्रतिवन्धित औषधी प्रयोग गरेको भेटिएपछि अर्जेन्टिनाले उनलाई टिमबाट निकालेको थियो । त्यसैगरी, आत्मघाती गोलका कारण कोलम्बिया प्रतियोगिताबाट बाहिरिएपछि डिफेन्डर एन्ड्रिस इस्कोबारको हत्या गरिएको थियो । (श्रोतः अलजजिरा)

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया