अक्टोबरमा १७९ देशबाट साढे ८८ हजार बढी पर्यटक नेपालमा
काठमाडौँ- कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लागि ८८ हजार ५८२ जना पर्यटक आएको थिए ।
सोही महिनामा नेपाल घुम्न आएकामध्ये ७२ हजार ५५ जना पर्यटक स्वदेश फर्केका छन् ।
यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने र फर्कने पर्यटकको मात्र हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीयको छ । अक्टोबरमा १६ हजार ९१० जना भारतीय नेपाल घुम्न आएका छन् ।
यस्तै, अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ४१७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, भियतनामबाट १ हजार ९२१, थाइल्याण्डबाट १ हजार २९६, स्वीट्जरल्याण्डबाट १ हजार २६४, स्पेनबाट २ हजार ९६, दक्षिण कोरियाबाट १ हजार ३७१, रुसबाट १ हजार ४०९, पोल्याण्डबाट १ हजार १८, नेदरल्याण्ड्सबाट १ हजार ८४२, मलेसियाबाट १ हजार ५९०, इटालीबाट १ हजार ४७१, इजरायलबाट १ हजार ४७२, क्यानडाबाट १ हजार ६८२ र बंगलादेशबाट २ हजार ७२० जना पर्यटक नेपाल आएका छन् ।
विभागका अनुसार अक्टोबर महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली र विदेशी गरी कुल ३ लाख ८६ हजार ७ जनाले आवतजावत गरेका थिए ।
उक्त महिना १ लाख ९९ हजार १०७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका थिए भने १ लाख ८६ हजार ९०२ जना अन्य देश गएका थिए ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_cQrzmP0As6_x5vtqsumcbp44hci6xghpyeulbm0fiyck1sgjn22fbrhi79t8b1aqlz54xqy.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_1NSpq7XjC9_lbwucg3cbwxjcc0azvm77cwyiwtadjbuzo6enjzhgqamrj1jfcipo9ddgrpd.jpg)
प्रतिक्रिया