तीन महिनामा नेपालीले लगाए ५५ करोड बढीको साडी, लुङ्गी र धोती
काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको साडी, लुङ्गी र धोती आयात गरेको छ ।
२०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको साडी, लुङ्गी र धोती आयात गरेको हो ।
भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपैयाँको साडी, लुङ्गी र धोती आयात गरेको छ । सो मुल्यमा १३ लाख ७६ हजार ५२० थान साडी, लुङ्गी र धोती नेपाल भित्रिएको विभागले जनाएको छ ।
चीन, भारत, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र बंगलादेशबाट नेपालमा साडी, लुङ्गी र धोती आउने गरेको छ ।
नेपालमा सबैभन्दा ठूलो मात्रामा साडी, लुङ्गी र धोती भारतबाट आउने गरेको छ । पछिल्लो तीन महिनामा मात्र भारतबाट ५२ करोड ६० लाख २२ हजार रुपैयाँको साडी, लुङ्गी र धोती नेपालमा भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब २७ करोड ३५ लाख १ हजार रुपैयाँको साडी, लुङ्गी र धोती आयात गरेको थियो ।

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

प्रतिक्रिया