गोट्जे पाँच वर्षपछि जर्मनी टोलीमा, काे-काे छन् टिममा ?

काठमाडौँ- सन् २०१४ को ब्राजिल विश्वकपमा च्याम्पियन बनाउन निर्णायक गोल गरेका मारियो गोट्जेलाई समेट्दै जर्मनीले २६ सदस्यीय टोली घोषणा गरेको छ । चार पटकको विजेता जर्मनीले पाँचौ पटक उपाधि जित्ने लक्ष्यसहित दोहा पुग्दैछ ।
सन् २०१७ मा राष्ट्रिय टोलीबाट खेलेपछि गोट्जे टोली बाहिर रहेका थिए । फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध गोल गरेका मिडफिल्डर मारिओ गोट्जेसँगै अनुभवी गोलरक्षक म्यानुअल नेउर र थोमस मुलर जर्मनी टोलीमा समावेश छन् । यसैगरी युवा स्ट्राइकर युसुफा मौकोकोले टोलीमा स्थान बनाएका छन् ।
समूह ‘ई’ मा रहेको जमर्नीले २३ नोभेम्बरमा जापानसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । यस समूहमा कोस्टारिका र स्पेन पनि रहेका छन् ।
जर्मनी टोलीः
गोलरक्षकः म्यानुयल नेउर, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप
डिफेन्डरः आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड रम, एन्टोनियो रुडिगर, निको स्लोटरबेक, निकलस सुल
मिडफिल्डरः जुलियान ब्रान्ट, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगान, जोशुवा किम्मिच, जोनास हफम्यान,
स्ट्राइकरः थोमस मुलर, करीम एडेयेमी, काइ हाभट्र्ज, जमाल मुसियाला, सर्ज जिनाब्री, युसुफा मौकोको, लेरोय साने, निकलास फुलक्रुग,

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया