साताको अन्तिम कारोबारमा २३ अंकले घट्यो सेयर बजार, कारोबार रकम १ अर्ब ११ करोड

काठमाडौं - साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार, नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० अंकमा विन्दुमा आइपुगेको छ । अघिल्लो दिनको कारोबारमा ३९ अंकले घटेको बजार बिहीबार पुन : २३ अंकले घटेको हो । त्यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स १.११ प्रतिशतले गिरावट हुँदा ३७२.३७ मा झरेको छ।
बिहीबार २२६ कम्पनीको ३१ लाख १४ हजारको कित्ता सेयर १ अर्ब ११ करोडमा ९४ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ । आज १३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७१ वटा कम्पनीको घटेको छ १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
आज शिवम् सिमेन्टस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड २२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, नेपाल रि इन्स्योरेन्सको ३ करोड ५८ लाख, युनाइटेड मोदि हाइड्रोपावर ३ करोड ३४ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ३३ लाख र रिडी पावरको ३ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया