सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित

काठमाडौंँ - नेपाल चेम्बर अफ कमर्सले बैँक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि  स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । 

बैँक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्रबैंकको चालू पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो । चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपूर्ण सर्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसंग बार्ता मार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्ने छ, । त्यतिन्जेल सम्मका लागि संघर्षका सवै कार्यक्रम स्थगिथ गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ, । ’

बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परेपनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदा समेत सरकारले व्यवसायीको मागलाई सुनुवाई गरेको छैन । निर्वाचन लगत्तै संघर्षमा उत्रनुको विकल्प छैन, ।’

चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्रबैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्रबैंकलाई बिभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो । 

चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तिय असन्तुलनको जोखिम बढाउँछ, ।’ कर्जा प्रवाह र नवीकरण गर्दा बैँक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गरे ।