सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

नेपाली गहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने समझदारी

काठमाडौँ- संयुक्त अरब इमिरेट्सको दुबईमा सुरु भएको इन्टरनेशनल जेम एन्ड ज्वेलरी शोमा नेपाली व्यवसायी पनि सहभागी भएका छन् ।  नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा आएको व्यवसायीहरूको प्रतिनिधिमण्डलले दुबई जेम एन्ड ज्वेलरी शोमा सहभागिता जनाएको हो ।

यूएईका लागि भारतीय राजदूत सञ्जय सुधीरले उदघाटन गरेको दुबई जेम एन्ड ज्वेलरी शो तीन दिनसम्म सञ्चालन हुनेछ र यसमा संसारका २८ मुलुकका ३५० भन्दा बढी व्यवसायी सहभागी भएका छन् । 

तीन दिनसम्म चल्ने शोमा नेपाली व्यवसायीहरुले यस क्षेत्रमा विकसित पछिल्लो ट्रेन्डबारे बुझ्ने र यसले निकासी व्यापारमा योगदान पुग्नसक्ने संघका अध्यक्ष श्रेष्ठले बताइन् । 

नेपाल जेम एन्ड ज्वेलरीको उच्च सम्भावनायुक्त देश भएको र यस्ता एक्स्पोमा नेपाली व्यवसायीको सहभागिताले नेपाली सीप र कौशलको अन्तर्राष्ट्रिय करणमा समेत सहयोग पुग्ने उनको भनाइ छ । 

“दुबई जेम एन्ड ज्वेलरी शो भनेको व्यवसायीहरूको जमघट हुने यस क्षेत्रकै सबैभन्दा ठूलो अवसर पनि हो,” अध्यक्ष श्रेष्ठले भनिन्, “यस्ता एक्स्पोमा क्रेता र बिक्रेताबीच भेटघाट हुने भएकाले व्यवसाय बढाउन पनि मद्दत पुग्नेछ ।” 

प्रदर्शनीमा नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले जेम एन्ड ज्वेलरीको विकास र विस्तारका लागि दुबई सिटी अफ गोल्ड एसोसिएसन र जेम एन्ड ज्वेलरी एक्स्पोर्ट प्रमोसन सेन्टरसँग सहकार्य गर्ने सहमति गरेकी छन् । नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि यस्तो सहमति गरिएको अध्यक्ष श्रेष्ठले बताइन् । 


 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…