तीन महिनामा ४ अर्ब ८६ करोड बढीको तरकारी भित्रियो

काठमाडौँ- चालू आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो ।
भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कूल ४ अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात गरेको छ । उक्त समयमा नेपालले विभिन्न देशबाट २ अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ ।
गएको तीन महिनामा नेपालमा ११ करोड ५४ लाख ९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । यस्तै सोही समयमा नेपालले विभिन्न देशबाट १ अर्ब ७३ करोड ८२ लाख ५४ हजार रुपैयाँको प्याज आयात गरेको विभागले जनाएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले २५ करोड ३३ लाख ३३ हजार रुपैयाँको लसुन, ४ करोड ३५ लाख ६७ हजार रुपैयाँको च्याउ, ६५ लाख २२ हजार रुपैयाँको फर्सी र ४२ लाख १५ हजार रुपैयाँको गाजर आयात भएकाे छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५ अर्ब ५६ करोड ४२ लाख ४९ हजार रुपैयाँको तरकारी आयात गरेको थियो ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया