‘गायत्री मन्त्र’ बन्यो पश्चिम सेती

धनगढी : दुई वर्षअघि असारमा डोटी पुगेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भनेका थिए, ‘वर्षौदेखि पश्चिम सेती परियोजना चुनावी मुद्दा बन्यो । अब यो मुद्दा गायत्री मन्त्रजस्तै भइसकेको छ । न कसैले पश्चिम सेती परियोजनाको नाम लिन छोड्छ न कसैले बनाउँछ ।’
मुख्यमन्त्री भट्टले भनेजस्तै संघीय सरकारले पनि पश्चिम सेतीलाई गायत्री मन्त्र नै सम्झिएको नेपाल सरकारका पूर्व सचिव गोवीन्द भट्ट बताउँछन् । ‘जवानीमै पश्चिम सेती जलविद्युत परियोजना निर्माण हुने चर्चा सुनिएको थियो, ’ उनले भने, ‘ऊर्जाकै क्षेत्रमा काम पनि गर्ने अवसर पाइयो । अहिले म ८२ बर्ष पुगिसकेको छु । न सरकारले पश्चिम सेती बनाउँछ न त बजेटमा नाम उच्चारण गर्न छोड्छ नै ।’
जवानीमै पश्चिम सेती जलविद्युत परियोजना निर्माण हुने चर्चा सुनिएको थियो, अहिले म ८२ बर्ष पुगिसकेको छु । न सरकारले पश्चिम सेती बनाउँछ न त बजेटमा नाम उच्चारण गर्न छोड्छ नै : पूर्व सचिव डा भट्ट
उनका अनुसार २०३९ सालदेखि पश्चिम सेती परियोजन निर्माण हुने हल्ला चलेको थियो । ‘त्यसपछि डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेतीमा विद्युत आयोजना निर्माण गर्ने प्रस्तावसहित विभिन्न कम्पनीले हात हाले,’ उनले अगाडि थपे, ‘त्यो बेला तत्कालीन राजारानीको फ्रान्स भ्रमणमा रहेका बेला फ्रान्सका कम्पनीहरुलाई नेपालमा पनि जलविद्युत आयोजना निर्माण गर्न आग्रह गरेका थिए । झन्डै ३७ वर्षअघि फ्रान्सेली कम्पनी सोग्रेहले अध्ययन गरी विद्युत उत्पादन गर्न सकिने अधययन गरेको थियो ।’
सो समयमा झण्डै एक सय ३५ मेगावाटको विद्युत गर्ने योजना बनाइएको उनलाई सम्झना छ । उनले भने, ‘सात सय ५० मेगावाट विद्युत उत्पादन गर्ने परियोजना २०५० सालतिर बनेको हो । २०५१ सालमा स्मेकलाई विद्युत उत्पादनको सर्वेक्षण गर्ने अनुमति दिइएको थियो भने २०५४ सालमा सरकारले स्मेकसँग आयोजना विकाससम्बन्धी सम्झौता नै गरेको थियो ।’
तर स्मेकले अनेक बहानामा आयोजनाको काम अघि बढाएन र सम्झौता गरेको १६ वर्षपछि २०६६ सालमा सरकारले स्मेकसँगको सम्झौता तोड्यो । त्यसको दुई वर्षपछि सरकारले २०६८ सालमा चीनको थ्री गर्जेसँग विद्युत आयोजना निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर गर्यो । थ्री गर्जेजले पनि आयोजना बनाउन नचाहेसँगै पश्चिम सेती अन्योलमा छ । पश्चिम सेतीको अन्योलताले प्रभावित क्षेत्रमा विकास रोकिएको छ ।
आर्थिक बर्ष २०७५/०७६ को बजेटमा संघीय सरकारले स्वदेशी लगानीमै पश्चिम सेती बनाउने घोषणा गरेको थियो । आर्थिक बर्ष २०७६/०७७ को बजेटमा पश्चिम सेतीका लागि लगानी यकिन गरिने भनियो । चालू आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा पनि पश्चिम सेतीका लागि लगानी यकिन गरिने नै भनिएको छ ।
डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्का भन्छन्, ‘बजेटमा पश्चिम सेतीको नाम उल्लेख मात्र हुन्छ । न रकम बिनियोजन हुन्छ । न बजेट भाषणमा कहिले छुट्छ । जनता भुलाउने मात्रै काम भइरहेको छ ।’
सरकारले सस्तो लोकप्रियताका लागि मात्रै हरेक बर्ष बजेटमा पश्चिम सेतीको नाम लिने गरेको छ ।
उनका अनुसार सरकारले सस्तो लोकप्रियताका लागि मात्रै हरेक बर्ष बजेटमा पश्चिम सेतीको नाम लिने गरेको छ । उनले सरकारले पश्चिम सेतीलाई अनिर्णयको बन्दी बनाउँदा प्रभावित क्षेत्रको विकास दशकौँदेखि रोकिएको बताए।
‘आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिकरणको मुआब्जा के कति दिने र कसरी दिने भन्ने सरकारको नीति अहिले सम्म पनि अस्पष्ट छ,’ पश्चिम सेती परियोजनामा काम गरेका मोहन भट्टले भने, ‘नीति नै स्पष्ट बनाउन नसकेको सरकारले परियोजना बनाउने आशा निकै कम गर्दा हुन्छ ।’
उनले बजेटमा नाम मात्रै उल्लेख गरेर पश्चिम सेती बनाउन नसकिने बताउँदै सरकारको नीति स्पष्ट हुनुपर्नेमा जोड दिए ।अहिले लगानी बोर्डको सीइओ सुदूरपश्चिमबाटै सुशिल भट्ट नियुक्त भएका छन् । तर उनको नियुक्ती विवादित बनेको थियो । पश्चिम सेतीको विषयमा अध्ययन भइरहेको बताउँदै उनले भने, ‘अहिले नै सो विषयमा केही नबोलौ होला ।
बैतडी, डोटी, बझाङ र डडेल्धुराका दुई हजारभन्दा धेरै परिवारलाई विस्थापित गरेर पश्चिम सेती बनाउने तयारी भएपछि सो क्षेत्रमा विकासका योजना नगएको पनि वर्षौ भइसकेको छ । पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुवान हुने भन्दै सरकारको लगानी रोकिएको छ । विकास निर्माणका कार्यहरु सडक, खानेपानी, सिचाई, शिक्षा जस्ताआधारभुत कुराहरुबाट परियोजना बन्ने हल्लाले बञ्चित हुनपरेको स्थानीयको गुनासो छ ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया