आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

चेन्नाई आइपीएलको शीर्ष स्थानमा

काठमाडौँ : आइपीएल क्रिकेटमा चेन्नाई शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा कोलकातालाई १८ रनले हराउँदै चेन्नाई बेंगलोरलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । उसका लागि फाफ डुप्लेसिसले ९५ रन बनाए । २२१ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९ ओभर १ बलमा अलआउट हुँदै २०१ रनमा सिमित भयो ।

उसका लागि प्याट कुमिन्सले नटआउट ६६ र आन्दे्र रसेलले ५४ रन बनाए । चेन्नाईका दीपक चाहरले चार र लुंगी नेग्डीले तीन विकेट लिए । जितसँगै चेन्नाई चार खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बेंगलोर रनरेटका आधारमा दोस्रो स्थानमा छ । कोलकाता भने २ अंकसहित छैटौँ स्थानमा छ ।