चार हजार रुपैयाँ घूससहित प्रहरी वरिष्ठ नायब निरीक्षक पक्राउ

जनकपुरधाम- धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवकीलाल चौधरी घूससहित पक्राउ परेका छन् ।
चौधरीलाई ४ हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएकाे टोलीले पक्राउ गरेको हो ।
बिहीबार अख्तियारको टोलीले उनलाई जिल्लाको नगराईन नगरपालिका वडा नम्बर २ जटहीस्थित विनायक इन्टरप्राइजेज (मदिरा पसल) बाट पक्राउ गरिएको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिए ।
उनले भने, 'गोप्य सूचनाको आधारमा हामीले भनेकाे ठाउँमा जाँदा प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक चौधरीलाई घूसको चार हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेका हौँ ।'

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया