युनिलिभर नेपालले प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश दिने

काठमाडौंँ- युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ। युनिलिभरले गत आर्थिक वर्षका लागि १२१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम सेयरधनीहरुलाई प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश स्वरुप दिने घोषणा गरेको छ। यो पछिल्लो पाँच वर्षयता कै सर्वाधिक बढी लाभांश हो। प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले प्राप्त गर्नेछन्।
हाल नेप्सेमा कम्पनीको ९ लाख २० हजार सात सय कित्ता सेयर सूचीकृत छ। प्रति कित्ता १८ हजार ३०० रुपैयाँको दरले कम्पनीको सेयर किनबेच हुँदैछ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत मध्येकै सर्वाधिक महंगो स्क्रिप युनिलिभर नेपाल हो।
साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ४ देखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। जस अनुसार मंसिर ३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया