सेयर बजार हरियाली कायमै, ७ अंकले बजार बढ्दा कारोबार रकम १ अर्ब ४६ करोड

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा सामान्य अंकले उकालो लागेको छ। आज सेयर बजार परिसूचक ७.३२ अंकले बढेको हो।
अघिल्लो दिनको कारोबारमा ५६ अंकले बढेको बजार बुधबार तीव्र उतारद्बढावकाबीच अन्त्यमा सकारात्मक हुन पुगेको थियो । ७.३२ ले बढ्दा समग्र बजार परिसूचक १९३८.३० मा उक्लिएको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.७९ बढेर ३८२.९४ मा उक्लिएको छ ।
बजारसँगै कारोबार रकममा पनि बढ्त्तरी भएको छ। आज १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर २९ हजार ४७ पटकमा खरिद बिक्री भएको थियो । अघिल्लो दिन १ अर्ब २९ करोडको सेयर खरिद बिक्री भएको थियो ।
उप-समूहतर्फ बैंकिङ, व्यापार, निर्जीवन बीमा समूहको सेयर मूल्य घटेको छ। भने बाँकी समूहको सेयर मूल्य बढेको छ।
बढ्दो बजारमा कारोबार भएका १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, मानुषी लघु वित्त, ग्रीन लाइफ लगायतका कम्पनीको सेयर उच्च कमाउने कम्पनीमा परेका छन् ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया