शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

बारामा बस दुर्घटना हुँदा ६ जना घाइते

बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । 

ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठोक्किएका थिए । 

घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानी की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको छ ।