रियलमीद्वारा फाइभ जी विकासका लागि प्रतिवद्धता

काठमाडौं : प्रविधिको क्षेत्रमाविश्वमा ट्रेन्डसेटिङ मोबाइलफोनको रूपमा देखिएको रियलमीले फाइभ जी विकासकालागि पछिल्लो प्रतिबद्धता घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा फाइभ जीलाई लोकप्रियबनाउनकम्पनीले दरिलोप्रयास गरिरहेको बताए ।
सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रूपमा फाइभ जीको अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।
लीकाअनुसार रियलमीले आफ्नो फाइभ जी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्ष भित्रपूर्ण रुपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्डसेटिङ डिजाइनसहितका सुलभ फाइभ जी उत्पादनहरुलाई ७० प्रतिशत ग्राहकवर्गमाझ पुर्याइसक्ने लक्ष्य लिएको छ ।
पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यसपछि अन्य क्षेत्रमा आफ्नो रियलमीका फाइभ जी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ । धेरै भन्दा धेरै प्रयोगकर्ताहरुमाझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभ जी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य छ ।
यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर सातवटा फाइभ जी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोतसाधनसहित थप ३ करोड अमेरिकी डलर फाइभ जी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।
विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नति सम्म’ नाराकासाथ द्रूतगतिमा फाइभ जी नेटवर्कको विस्तार गरिरहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया