मुम्बईलाई हराउँदै दोस्रो स्थानमा दिल्ली

काठमाडौँ : साविक विजेता मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली क्यापिटल्स आइपीएल क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राती भएको खेलमा मुम्बईलाई ६ विकेटले हराउँदै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।
टस हारेर चेन्नेईमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । मुम्बईलाई सस्तैमा रोक्न दिल्लीका अमित मिश्राले ४ विकेट लिए । १३८ रनको लक्ष्य दिल्लीले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो ।
उसका लागि शिखर धवनले ४५ र स्टिभ स्मिथले ३३ रन बनाए । जितसँगै दिल्ली ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा एक खेल कम खेलेको बेंगलोर शीर्ष स्थानमा छ । ४ अंक भएको मुम्बई भने चौथो स्थानमा छ ।
आइपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा पञ्जाब र हैदरावाद खेल्दैछन् । खेल चेन्नेईमा पौने ४ बजे सुरु हुनेछ । यस्तै राती हुने दोस्रो खेलमा चेन्नेई र कोलकाता खेल्नेछन् । यो खेल राती पौने ८ बजे मुम्बईमा हुनेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया