सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

डडेल्धुरा जिप दुर्घटनामा सात जना घाइते

धनगढी- डडेल्धुरामा जिप दुर्घटना भएको हुँदा सात जना घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका-५ मेलमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सात जना घाइते भएका र उनीहरूको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको  छ। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।