शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

दोस्रो वर्षमा म्यारियट होटल

काठमाडौं : १८ अप्रिलमा अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । दुई वर्षको दौरानमा होटेलले काठमाडौँका खानाका पारखीहरुलाई विभिन्न अफरहरू र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरू प्रस्तुत गर्दै आइरहेको जनरल म्यानेजर फाबियन मार्टिनेजले बताए ।

'पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो,' मार्टिनेजले भने, ‘उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ । यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरूको कडा परिश्रम र समपर्ण तथा सरोकारवालाहरुको साथका कारण यहाँ आइपुगेका छौँ ।’ 

होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको जनाएको छ। 'यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ,' मार्टिनेज अगाडि भन्छन्, 'थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यक्रमहरू जस्तै थ्यांक्स गिभिङ डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।'

दुई वर्षे सञ्चालन यात्राको यो माइलस्टोन मनाउनका लागि काठमाडौँ मैरियट होटेलले अप्रिल २०२१ को अन्त्य सम्म १२ हजार ११ रुपैयाँमा विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ ।