सर्वोच्चको निर्णयपछि गौतमले भने : मेरो नियुक्ती पद र प्रतिष्ठासँग गाँसिएको थिएन

काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नो नियुक्तीका पक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको निर्णयप्रति आभार व्यक्त गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभाको सदस्यका रुपमा काम गर्न नदिन माग गर्दै दायर रीटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । त्यससँगै आफूले राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न पाउने भएपछि गौतमले विज्ञप्ति जारी गरेर सबैमा आभार व्यक्त गरेका हुन् ।
'राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथलगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रीटउपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ,' गौतमले भनेका छ्न्, 'यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु ।'
गौतमले आफ्नो नियुक्तीको विषय पद र प्रतिष्ठासँग नजोडिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । 'वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पध्दति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पध्दतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए,' गौतमले भनेका छन्, 'फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।'
सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यका हैसियतमा काम गर्न रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने जारी नगर्ने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की ईश्वरप्रसाद खतिवडा र विश्वम्भर श्रेष्ठसहितको बहुमतबाट अन्तरिम आदेश नदिने निर्णय गरेको हो ।
व्रिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न र मन्त्री नबनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया