आइपीएलमा चेन्नेईले राजस्थानलाई हरायो

काठमाडौँ : आइपीएल क्रिकेटमा चेन्नेईले राजस्थानलाई हराएको छ । मुम्बईमा चेन्नेईले राजस्थानलाई ४५ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनायो ।
उसका लागि फाफ डुप्लेसिसले ३३ र अम्बाती रायडुले २७ रन बनाए । राजस्थानका चेतेन सकरियाले ३ विकेट लिए । १८९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको राजस्थान पूरा २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमा सिमित भयो ।
उसका लागि जोश बटलरले ४९ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । चेन्नेईका मोइन अलिले ३ र साम कुरान तथा रविन्द्र जडेजाले दुई दुई विकेट लिए । जितसँगै चेन्नेई ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान भने पुछारबाट तेस्रो स्थानमा छ ।
आइपीएल क्रिकेटमा आज दिल्ली र मुम्बई खेल्दैछन् । खेल राती पौने ८ बजे चेन्नेईमा हुनेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया