सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

मोटरसाकइकल दुर्घटना हुँदा एकको मृत्यु

सांकेतिक तस्बिर

कैलाली- धनगढीमा मोटरसाकइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।  धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा मोटरसाइकल दुर्घटनामा परि सोही ठाउँका ३१ वर्षीय दुर्गा ओझा मृत्यु भएको हो ।

ओझा आफैँले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालीमा पल्टेको अवस्थामा बिहान ३:३० बजेतिर स्थानीयले फेला पारी ओझालाई उपचारको लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले ओझालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मृतकको टाउको र अनुहारमा चोट देखिएको बताए । उनले दुर्घटनाबारे थप अनुसन्धान भैरहेको जानकारी दिए ।