लागूऔषध गाँजासहित तीन पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ सिमपानीबाट लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३५ वर्षीय रमेस माझी, भारत मोतिहारीकै ५५ वर्षीय हरिन्द्र माझी र भारत मोतिहारीकै ४० वर्षीय दिलिप माझी रहेका छन् ।
राक्सिराङ–देवकोट सडकखण्ड अन्तर्गत राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१च १३१८ नम्बरको बलेरोमा सवार उनीहरुलाई जाँच गर्दा लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्लाष्टिकको झोलामा प्याक गरि शरिरमा लुकाईछिपाई ल्याएको अवस्थमा साढे १२ किलो परिमाणमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उक्त लागूऔषध गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाईएको उनले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया