सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका-१ का २२ वर्षीय डिल बहादुर महतारा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार उनी वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक हुन् ।
वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् । महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव अनुसार उनी राजी भइन । तर, महताराले दुख्ने दाँतसहित अर्को दाँत निकालिदिएका थिए । ति महिलाले नक्कली डाक्टर भएको आशंकासहित प्रहरी कहाँ उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
महतारालाई पक्राउ गरेर उनीमाथि प्रहरीले अनुसन्धान उनले आफू चिकित्सक नभएको स्वीकारेका छन् । उनीमाथि इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया