कुशलको 'कुशल' ब्याटिङमा नेपालको सहज जित

काठमाडौँ: कुशल भुर्तेल र आसिफ शेखले बलियो लय कायम राख्दा नेपालले त्रिकोणात्मक श्रृंखलामा सोमबार दोस्रो जित दर्ता गरेको छ । उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई पनि नौ विकेटले नै पराजित गर्यो ।
शतप्रतिशत जित निकालेसँगै नेपालले श्रृंखलामा चार अंक बनाएको छ । तीन टिम सम्मिलत श्रृंखलामा नेदरल्यान्ड्स दुई अंकका साथ दोस्रो स्थानमा छ । दुबै खेलमा पराजित मलेसिया भने अंकविहीन छ ।
नेपालले १२.१ ओभरमा एक विकेट गुमाएर ११३ रन बनायो । जसमा ओपनर कुशलको ६१ रन सम्मिलित थियो । लगातार विस्फोटक ब्याटिङ गरिरहेका कुशलले ४१ बल सामना गर्दा पाँच छक्का र तीन चौका प्रहार गरे । यसै श्रृंखलबाट नेपालको टि–ट्वान्टी टिममा डेब्यु गरेका कुशलले पहिलो खेलमा ६२ रन बनाएका थिए ।
कुशलले जस्तै डच टिमविरुद्ध अर्धशतक प्रहार गरेका आशिफले सोमबारको खेलमा ४२ रनको योगदान गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र छ रन बनाउँदै अविजित रहे ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पहिले टस जितेर बलिङ गरेको नेपालले मलेसियालाई १०९ रनमा सिमित गर्यो । नेपालका लागि करण केसी धारिलो बलिङ गरे । करणले १७ रनको क्षतिमा तीन विकेट लिए । त्यस्तै सन्दिप लामिछानेले दुई विकेट हात पारे भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नाममा एक–एक विकेट रह्यो ।
मलेसियाका लागि तीन ब्याट्सम्यानले मात्रै दोहोरो अंक छुन सके । पराजित टिमका लागि सैयद अजिजले सर्वाधिक २७ रन बनाए भने शरबिन मुनियान्डीले २० रनको योगदान गरे । त्यस्तै, शफिख शरिफले १५ रन जोडे ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया