नक्कली नोटका कारोबारी पक्राउ

काठमाडौं– बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।
नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारी पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षका बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।
प्रहरी उपरीक्षक बोगटीका अनुसार असोज २१ रञ्जितले सिम्रौनगढ नगरपालिका ५ कनकपुर स्थित एसपि साईन मोटरसाईकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
उनीहरु लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउँदै आएका गिरोह नै रहेको उनको भनाइ छ । उनले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ ईलाकाबाट नक्कली नोटको कारोवार गर्दै आएको अनुसन्धानको क्रममा देखिएको बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया