आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

ससुराली गएका आचार्यले गरे १४ वर्षीया बालिका बलात्कार !

काठमाडौं– ससुराली गएका एक पुरुषले १४ वर्षीया बालिका बलात्कार गरेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी सप्तकोशी नगरपालिका–१ घर भएका ३९ वर्षीय उत्सव आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । 

मोरङ ग्रामथान गाउँपालिका–२ स्थित ससुराली घर गएका आचार्यले शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेका हुन् । जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।