आर्सनल पुनः लिगको शीर्ष स्थानमा

काठमाडौँ- आर्सनल पुनः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई ३-२ गोलअन्तरले पराजित गर्दै आर्सनले लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
आर्सनलको जितमा बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका लागि डार्विन नुनेज र रोबर्टो फर्मिनोले एक-एक गोल गरे ।
जितसँगै आर्सनलले ९ खेलबाट २४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यता ९ खेलबाट २३ अंक जोडेको म्यानचेस्टर सिटी भने दोस्रो स्थानमा झरेको छ । लिभरपुल भने ८ खेलबाट १० अंक जोड्दै १० औँ स्थानमा रहेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया