गठबन्धनमा नअटाएपछि स्वतन्त्र उम्मेदवारी दिँदै लोसपा नेतृ सुरिता

जनकपुरधाम - सत्तारूढ गठबन्धन चुनावी गठबन्धनले टिकट नपाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं पूर्व राज्यमन्त्री सुरिता कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन् । लोसपाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलमा सुरिताले लड्दै आएकी महोत्तरी २ 'ख' कांग्रेसको कोटामा परेपछि उनको टिकट काटिएको हो ।
टिकट पाउन नसकेपछि उनी बाध्य भएर स्वतन्त्रबाट प्रदेश सभामा उम्मेदवारी दिन लागेकी हुन् । २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर २'ख'बाट सुरिता १५ हजार ४ सय ४० मत ल्याएर विजयी भएकी थिइन् । उनको निकटतमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकरण प्रसाद साह सुडीले ६ हजार ४ सय ९७ मत मात्रै ल्याएका थिए ।
पार्टीले टिकट देओस-नदेओस् फरक पर्ने छैन, आफू जनताको प्रतिनिधि हो, जनताको भावना अनुरूप स्वतन्त्रमै भए पनि उम्मेदवारी दिने बताइन् । उनले यस क्षेत्रका मतदाताले यस अघिको निर्वाचनमा विजयी बनाएको थियो ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया