कोभिड-१९ नियन्त्रणबारे उपत्यकाका १८ मेयरसँग उपप्रधानमन्त्रीको छलफल

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-१९ नियन्त्रण गर्न मन्त्रिपरिषद्ले चालेको कदमबारे स्थानिय तहलाई जानकारी गराएका छन् । पोखरेलले मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा उपत्यकाका १८ स्थानिय तहका प्रमुख (मेयर) बोलाएर जानकारी गराएका थिए । केन्द्र सरकार र स्थानिय तहको सहकार्यको लागि भन्दै सरकारले चालेको कदमबारे उपप्रधानमन्त्री पोखरेलले जानकारी गराएका थिए ।
काठमाडौं र ललितपुरका मेयर सहित कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका पोखरेलले उपत्यकामा देखिएको महामारीको बढ्दो चापको बारेमा छलफल भइरहेको पोखरेलको सचिवालयले जनाएको छ । कोभिड रोकथाम र उपचारको क्रममा देखा परेको समस्या लगायतको विषयमा छलफल भएको थियो ।
छलफल सकिनै लाग्दासमेत भक्तपुरको मेयर भने सहभागि भएका थिएनन् । समस्या बढ्दै गएको तर यसको नियन्त्रण हुन नसकेको विषयमा त्यहाँ छलफल भएको हो ।
पछिल्लो समयमा कोरोना रोकथाम, नियन्त्रण र उपचार गर्ने सन्दर्भमा सबै मेयरहरुले आफूले गरेको प्रयासबारे जानकारी गराएका थिए ।
उनीहरुले रोकथामका लागि गरिएको प्रयास, सहकार्य र सरकारको निर्देशन बारे छलफल गरेका हुन् । उनीहरूले परेको समस्याको बारेमा पनि उपप्रधानमन्त्रीलाई जाकारी गराएका थिए । छलफलमा सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति पनि थियो ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया