एक्सन रुमको प्रभावकारी सञ्चालन आवश्यक : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘एक्सन रुम’ को प्रभावकारी सञ्चालन आवश्यक रहेको बताएका छन् । एक्सन रुमले नेपालको गौरवका आयोजना, अन्य विकास निर्माण लगायको बारेमा भर्चुअल मोनिटरीङ, छलफल र सहकार्यमा जोड दिने गरेको छ । उनले त्यसका लागि कार्ययोजना बनाउन निर्देशन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’को निरीक्षण गर्दै त्यस्तो निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भैरहेका समग्र गतिविधि, सञ्चालन, र काममा देखापरेका समस्याबारेमा जानकार लिएका थिए । उनले प्रभावकारी कामका निम्ति तत्काल सुधार गर्नुपर्ने आवश्यकता औल्याए । सो अवसरमा उनले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा अन्य देखा परेका समस्या समाधानका लागि एक्सन रुमको उपयोग गरिने जानकारी पनि दिए । साथै, सम्वन्धित आयोजनाका पदाधिकारीहरुले देखापरेका समस्या समाधान गर्नलाई यस मार्फत प्रभावकारी कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।
‘नतिजामुखि परिणाम दिनेगरी तत्काल समस्या समस्याहरुको समाधान सहित एक्सन रुमको प्रभावकारी सञ्चालन गर्नेका लागि कार्ययोजना बनाउनुस’ उनले कर्मचारीलाई निर्देशन दिदैं भने । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको नतिजा व्यवस्थापन क्षेत्र हेर्ने सहसचिव डा. तिर्थ ढकालले ‘एक्सन रुम’को बारेमा जानकारी गराएका थिए ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया