स्मार्ट क्यूआर तथा नेपाल पे क्यू आरबीच अन्तरआबद्धताको थालनी

काठमाडौँ- स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) तथा नेपाल क्लियरिङ हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्विच मार्फत क्यू आर अन्तर आबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ । सम्झौता पत्रमा एससिटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिह प्रधानले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु, एससिटी तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवम् मिडिया तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
एससिटी तथा एनसीएचएलबीचको यो सम्झौतालाई क्यू आर अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण देउढुङ्गाको रुपमा लिइएको छ । यसले क्यू आर सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । उक्त सम्झौता पश्चात स्मार्ट क्यूआर (स्मार्ट क्यू आर) उपलब्ध रहेका मोबाइल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपाल पे क्यू आर का मर्चेन्टहरुलाई क्यू आर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
त्यसै गरी नेपाल पे क्यू आर उपलब्ध रहेका मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआर (स्मार्ट क्यू आर)का मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका क्यू आर सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन । हाल नेपाल पे क्यू आर मा ७० हजार भन्दा बढि र स्मार्ट क्यूआर (स्मार्ट क्यू आर) मा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरू आबद्ध रहेका छन् ।
नेपाल क्लियरिङ हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यू आर सञ्चालनमा ल्याइएको हो । क्यू आर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यू आर ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेशनल पेमेन्ट स्विचका निम्ती हाल हाल सम्म ५७ वाणिज्य बैंक , ५ विकास बैंक १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन् ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_WKobwGUHoA_yx29gsdw4ifjk5oo9hwvlosgseypsgaclqkxubrsdsbb1q2wvtwcxg1l9jmu.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया