सिभिल बैंकको १०२औं एटिएम चितवनको सौराहामा

काठमाडौँ- समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घाटन रत्ननगर नगरपालिका- ६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले संयुक्त रुपमा गरेका छन् ।
उक्त एटिएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका-६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराई लगायत सो क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटिएम मार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् ।
करिव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म यस एटिएम सहित देशका विभिन्न १०२ ठाउँहरुमा एटिएम स्थापित गरि सञ्चालन ल्याएको छ । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_WKobwGUHoA_yx29gsdw4ifjk5oo9hwvlosgseypsgaclqkxubrsdsbb1q2wvtwcxg1l9jmu.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया