सर्लाहीमा एमाले र माओवादी कार्यकर्ताबीच झडप : तीनजना घाइते, दुई पक्राउ

जनकपुरधाम- सर्लाहीमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कौडी उठाउने विषयलाई लिएर झडप भएकाे छ ।
हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा दुई पक्षबीच भएकाे विवादले झडपकाे रूप लिएकाे हाे ।
केही दिनअघि नगरपालिकाले माछा बजार ठेक्का लगाउँदा कौडी उठाउने विषयलाई लिएर विवाद भएको थियाे । साे विवाद साम्य भएकाे केही दिन नबित्दै आज फेरि एमाले र माओवादी कार्यकर्ताबीच साेही विषयमा विवाद भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने दुई जनालाई घटनास्थलबाट नियन्त्रणमा समेत लिइएकाे उनले बताए ।
घाइतेलाई उपचारका लागि अस्पताल पठाइएकाे जानकारी दिँदै हालसम्म घाइतेकाे नाम र ठेगाना खुल्न सकेकाे छैन ।
अहिले पनि साे स्थानमा प्रहरी परिचालन गरिएकाे छ भने अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया