आज पनि चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौँ : पछिल्लो दुई दिन यता आएको असिना पानी र हावाहुरीले काठमाडौँ उपत्यकाको मौसम केही खुलेको छ । बिहानैदेखि उपत्यकामा घाम लागेको छ भने मौमस सफा देखिएको छ ।
तर आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना छ । यस्तै पहाडी तथा हिमाली जिल्लामा आंशिक हिमपातको सम्भावना पनि छ ।
मौसमविद सजिना शाक्यका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा आज पनि हावाहुरी र चट्याङसहितको पानी पर्ने सम्भावना भएको हो । शुक्रबार चट्याङसहित ठूलो पानी परेको थियो भने शनिबार ठूलो हावाहुरी आएको थियो ।
आज पनि हावाहुरी र चट्याङ पर्न सक्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद शाक्यले आग्रह गरिन् ।

दही र महीको माग बढ्दै

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

प्रतिक्रिया