सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुँदैन : पर्यटनमन्त्री

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशीको उपचारमा कुनै कमी हुन नदिने बताएका छन् ।
शुक्रबार जोशीलाई उनकै निवासमा भेट्दै मन्त्री श्रेष्ठले जोशीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र उपचार आवश्यक रहेकाले उपचारमा कुनै कमी हुन नदिने बताएका हुन् ।
भेटका क्रममा जोशीले स्वास्थ्यलाभका लागि स्वास्थ्यकर्मी आवश्यक रहेको र स्वास्थ्य परीक्षण गर्नुपर्ने जिकिर गरे । त्यस्तै जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवरका लागि पनि बजेट अभाव भएको बताएपछि बागमती प्रदेशले आवश्यक बजेट विनियोजन गर्ने जानकारी गराएका थिए ।
आफ्नो ’अन्तिम इच्छा’ भन्दै लोक साहित्य परिषदमा पौभाः चित्र राख्न जोशीले चित्रकारलाई आग्रह गरेपछि चक्रसंवर कोर्ने काम जारी छ । त्यस्तै शुक्रबार नै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले जोशीसँग भेट गर्दै स्वास्थ्यलाभको कामना गरेका छन् । सो क्रममा शाहले लोक साहित्य परिषदको अवलोकन गरेका थिए ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया