बैंकले निक्षेपमा १३/१४ प्रतिशत ब्याज दिने नीति लिँदा उत्पादन क्षेत्रलाई बाधा : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर नीति लिँदा उत्पादन क्षेत्रलाई बाधा पुगेको बताएका छन् ।
बिहीबार काठमाडौंमा पहिलो नाडा ईभी एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंकले निक्षेपमा १३/१४ प्रतिशत ब्याज दिने नीति लिँदा उत्पादन क्षेत्रलाई बाधा पुगेको बताएका हुन् । ब्याज कै कारण पैसा बैंकमा राख्ने कामले उत्पादनशिल काममा लगानी हुन नसकेको उनको भनाइ छ ।
शर्माले बैंकका प्रतिनिधि, उद्योगी र अर्थ मन्त्रालय मातहतका निकायलाई समेत राखेर यसको बारेमा छिट्टै छलफल गरेर निष्कर्ष निकाल्ने धारणा राखे । उनले अर्थतन्त्रलाई बलियो बनाउन आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउनतर्फ सबै लाग्नुपर्ने बताए ।
अर्थमन्त्री जनार्दन ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । उनले नेपालमा विद्युतीय गाडी प्रवर्द्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने समेत स्पष्ट पारे । अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको उल्लेख गरेकाे पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिँदै उनले पेट्रोलियम पदार्थ खरिदका लागि खर्च हुने रकमलाई न्यूनीकरण गर्नुपर्ने बताए ।
बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो सुरु भएको हो । नाडाले १९९८ देखि नै नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पो पहिलो पटक भएको हो । एक्स्पोमा ५१ वटा स्टल रहेका छन् ।

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया