सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

त्रिनगर-गौरीफन्टा नाका बन्द

फाइल तस्‍वीर

धनगढी : कैलालीसंग जोडिएको  त्रिनगर- गौरीफन्टा नाका बन्द गरिने भएको छ । भारतमा स्थानीय तहको निर्वाचन हुन लागेकोले हाल गौरीफन्टा नाका बन्द गरिने भएको हो । बैशाख ५ गते साझदेखि ६ गतेसम्म नाका पूर्ण रूपमा बन्द हुने कैलाली प्रशासनले जनाएको छ । सो नाका भएर अहिले दैनिक हजार बढी नेपाली स्वदेश फर्किरहेका छ्न ।