शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

श्रीमान् नभएको मौका पारी युवतीकै कोठामा गई बलात्कार !

सांकेतिक तस्बिर

झापा- झापामा १९ वर्षीया युवती बलात्कृत भएकी छन् । 

युवती बलात्कार अभियोगमा अर्जुनधारा नगरपालिका–७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका–९ का ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

ती युवतीलाई श्रीमान् नभएको मौका पारी युवतीकै कोठामा गई बिहीबार दिउँसो उनले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।