कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन

सुर्खेत । विगतजस्तै यसवर्ष पनि कर्णालीमा दशै, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन भएको छ । शनिबारदेखि सुर्खेतसहित कर्णालीका दशै जिल्लाहरुमा सुपथ पसल सञ्चालन गरिएको हो ।
चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याइएको हो । उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गर्दै चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले सुपथ मूल्य पसल सञ्चालन भएको बताए । सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी रुपले तीव्र पारिने रिजालले बताए ।
‘बजारमा हुने अस्वभाविक मूल्य वृद्धि नियन्त्रण गर्नुका साथै गरिवीको रेखा मुनि रहेका नागरिकलाई लक्षित गरेर ल्याइएका सुपथ पसलहरुबाट विचौलियाले फाइदा उठाउनु हुँदैन,’ रिजालले भने, ‘चाडपर्वमा आम नागरिकलाई सेवा पु¥याउन यस्ता सुपथ मूल्य पसलहरु अब सरकारी स्वामित्वका मात्र होइन, निजी क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्नु पर्दछ ।’ रिजालले यस्ता सहुलियत मूल्य पसल शहरमा मात्र होइन, गाउँसम्म पु¥याउन आवश्यक रहेको औल्याए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुहरुको विधिकरणमा लागेको बताए । उनले सहुलियत मूल्य पसलबाट चामल, दालसहित ध्यू, तेल तथा अन्य मसालाजन्य वस्तु उपलब्ध गराउनका लागि पहल गरिएको जानकारी दिए । मिश्रले चामल, दालमा प्रतिकेजी सात रुपैयाँ छुट दिइएको जानकारी दिए । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पाेरेसनलाई एक करोड रुपैयाँ छुट्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया