बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.२ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.८ प्रतिशतले बढेको छ ।
२०७९ साउन महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ०.०१ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.४ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.७ प्रतिशतले घटेको छ ।
गत साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७८ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले बढेको छ ।
यस्तै निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ प्रवाह भएको कर्जा क्रमशः २.१ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ ।
गत साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.८ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३ प्रतिशतले र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको । मार्जिन प्रकृति कर्जा भने ४.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया